गोकुल बाँस्कोटाले सचिव पदमा उम्मेदवारी दिने

नेकपा एमालेका नेता अध्यक्ष केपी ओलीनिकट नेता गोकुल बाँस्कोटाले जारी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । सहमतिको प्रयास जारी रहे पनि चुनावको सम्भावना रहेको भन्दै शनिबार उनले सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

‘निर्वाचन हुने सम्भावना बढेको छ । हामीले जतिसक्दो सहमतिमै टुंग्याउने भनेका छौँ,’ बाँस्कोटाले भने, ‘तर, त्यो सम्भावना कम देखियो ।’ भीमरावललगायत नेताप्रति लक्षित गर्दै उनले भने, ‘‘कमरेडहरूले उम्मेदवारी फिर्तै लिनुभएन भने त हुने निर्वाचन नै त हो नि !’

अहिले एमाले त ओलीमय भएको दाबी गर्दै उनले भने, ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्धति हो । तर, डेफिनेट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ ।’





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया