नुवाकोटको कांग्रेस सभापति बने रमेश महत, पदाधिकारीमा प्यानलै विजयी

नेपाली कांग्रेस नुवाकोट सभापति पदमा रमेशकुमार महत निर्वाचित भएका छन् । उनले सभापति पदका प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई पराजित गरे । 

निर्वाचन समितिले जनाएअनुसार महत १० मतले विजयी भएका हुन् । विजयी भएका महतले ८३३ मत र पराजित भएका केसीले ८२३ मत पाए । 

महतलाई संघीय सांसद बहादुरसिंह लामा, नेताहरू डा. रामशरण महत र प्रकाशशरण महतको समर्थन थियो । केसीलाई अर्जुननरसिंह केसीको समर्थनको थियो । 

दुई उपसभापति, दुई सचिव र दुई सहसचिवमा पनि महत पक्षकै उम्मेदवार विजयी भएका छन् । निर्वाचन समितिका अनुसार सन्तमान तामाङ र राजु थापा उपसभापति, वैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ सचिव हुँदा उत्तम पाठक र यादवप्रसाद नेपाल सहसचिव निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २१:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया