यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश २ माथि गण्डकीको जित

वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा गण्डकी प्रदेशले प्रदेश २ माथि ५५ रनको जित हात पारेको छ ।

१५७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का लागि तृतराज दासले सर्वाधिक ३१, रोहन विकले २३, आदिल अन्सारीले १९ र कप्तान विवेक यादवले १० रनको योगदान दिँदा अन्य ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 
 
गण्डकीका लागि कमल परियारले ५, सुवास भण्डारीले ३ र किरण पौडेलले २ विकेट हात पारे। 
 
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । 

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४७ रनको योगदान दिए । ८८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे ।

सन्देश सुनारले २६ तथा सचिनराज अधिकारी र कमल परियारले १४-१४ रन जोडे ।

प्रदेश २ का लागि विवेक यादवले ५, गुल्सन झाले ३ तथा प्रदिप पासवान र अजय यादवले १–१ विकेट हात पारे । 



यो जितसंगै गण्डकीले ४ खेलमा ४ अंक जोड्दा प्रदेश २ को पनि समान खेलबाट ४ अंक नै छ।   



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया