भीम रावलसहित ११ उम्मेदवारलाई मत नदिन ओली पक्षले बाँड्यो अर्को सूची

चितवनको सौराहामा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ८ बजेसम्म १२ सय बढी प्रतिनिधिले मतदान गरेका छन् । 

निर्धारित समयभन्दा झण्डै ७ घण्टापछि मात्र मतदानमा एकपटक ६९ जनाले भोट हाल्न मिल्छ । यसैबीच, मतदानस्थलमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले  ‘भोट नहाल्ने नामावली’ भन्दै भीम रावलसहित ११ जनाको सूची बाँडेको छ ।

ओली पक्षका कार्यकर्ताले अध्यक्षका उम्मेदवारसमेत रहेका रावलसहित ११ जनालाई ‘भोट नहाल्नु’ भनेर लेखिएको सूची बाँडिरहेका हुन् ।  यसअघि रेजा लगाएकाे मात्र सूची बाँडिए पनि अहिले भने ओली पक्षका कार्यकर्ताले रावलसहित घनश्याम भुसाल, भीम आचार्यलगायत ११ उम्मेदवारीको अलग्गै नामावली बनाएर बाँडिरहेका छन् । 

नामावलीमा अध्यक्षका उम्मेदवार रावल, उपाध्यक्षका उम्मेदवार भुसाल, सचिव भीम आचार्य, टंकप्रसाद कार्की आचार्यलगायत उम्मेदवारलाई भोट नहाल्नू भनेर लेखिएको छ ।

त्यस्तै, सूचीमा सदस्य (प्रदेश १ खुल्ला) मा भास्कर काफ्ले, सदस्य(प्रदेश महिला) नीरा खना, सदस्य (सुदूरपश्चिम महिला) पशुपति कुँवर, मञ्जु मलासी, सदस्य (दलित खुल्ला) नरबहादुर विक, सदस्य (थारू खुल्ला) जयप्रकाश थारू, सदस्य (पिछडिएको क्षेत्र खुल्ला) भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ । 

साथै, कार्यकर्ताहरूले भोट हाल्नुपर्ने उम्मेदवारीको नामावली पनि बाँडिरहेका छन् ।   






  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ८:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया