हिमपातका कारण हुम्लामा हवाई सेवा प्रभावित
फाइल तस्वीर

सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । 

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए । 

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ । त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २०:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया