सीताले हङकङमा फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् । 

राजधानीमा आज सीताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् । सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन् । सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदै छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । 

भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभािगता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन । सीतालाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले सम्वन्य गरेको छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १५:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया