'रेड नोटिस' जारी गरिएका गोरे समूहका अग्रवाल पक्राउ

नेपाल प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरे भनिने चुडामणि उप्रेती समूहका थप एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले झापा जिल्लाको साविक शिवगञ्‍ज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार पक्राउ गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । अग्रवाललाई 'रेड नोटिस' जारी गरिएका फरार प्रतिवादी हुन् ।

उनी दुबईबाट नेपाल आउँदै थिए । यसको सूचना पाएको प्रहरीको टोली उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो । अग्रवाल सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भइ फरार रहेका प्रतिवादीहरूमध्येका एक हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते इन्टरपोल महासचिवालयबाट 'रेड नोटिस' जारी भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १९:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया