मोदी मजबुत र स्थिर नेपाल चाहनुहुन्छः भाजपा नेता हर्ष वर्धन

भारतीय जनता पार्टी (भाजपा)का प्रभावशाली नेता हर्ष वर्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मजबुत र स्थिर नेपाल हेर्न चाहेको बताएका छन् । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका उनले नेपाललाई आवश्यक परेको बेला भारतले सधै सहयोग गरेको दाबी समेत गरे । 

‘मोदीको दिलको धड्कन मैले सुनेको छु । मोदी एक सुदृढ, मजबुत र स्थिर नेपाल होस् भन्ने चाहनुहुन्छ,’ हर्ष वर्धनले नेपाली कांग्रेसको अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मोदीजी नेपालसँग सम्बन्ध अझ मजबुत होस् भन्ने चाहनुहुन्छ ।’ 

नेपाल र भारतबीच सामाजिक, सांस्कृति लगायतको सम्बन्ध रहेको उनले जनाए । सम्बन्धहरूलाई अरु थप मजबुत बनाउँदै लग्नु पर्ने धारणा उनको थियो ।

‘नेपाल अझै समृद्ध होस्, अघि बढोस्, खुसी अझै मजबुत होस्, दुःख निवारण होस् हामी यही चाहन्छौं,’ उनले भने । 

नेपाल राजनीतिक दलहरुबीचको जस्तो सम्बन्ध अन्य कुनै देशका दलहरुबीच नदेखेको उनले बताए । नेपालमा एउटा पार्टीको महाधिवेशनमा अर्कोको पार्टीको नेताहरु सहभागी हुने अभ्यास विश्वमा अन्त कतै नभएको दाबी उनको थियो । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया