शशांक, रामशरण र अर्जुननरसिंह केन्द्रीय सदस्यका उम्मेदवार

एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन् । 

यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन् । दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन् । 

शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १५:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया