कांग्रेस महाधिवेशन : शेखर कोइराला प्यानलले गर्यो मनोनयन दर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डा. शेखर कोइरालाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्नो टिमसहित पुगेका शेखरले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले पनि मनोनयन दर्ता गरेका छन् । त्यस्तै महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाले मनोनयन दर्ता गरेका हुन् ।

सहमहामन्त्रीमा महिलातर्फ कमला पन्त, जनजातितर्फ विकास लामा, मधेशीतर्फ रामकृष्ण यादव, खस आर्यतर्फ देवराज चालिसे, थारूतर्फ तेजुलाल चौधरी, मुस्लिमतर्फ शेख वकिल, पिछडिएकोतर्फ बद्रि पाण्डे र दलिततर्फ जीवन परिवार रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया