पौडेलले देउवालाई समर्थन गरेको हल्ला सुनेपछि बोहराटार पुगे शेखर

कांग्रेस सभापति पदका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडलसँग भेट गरेका छन् । 

सभापति पदका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन रहेको चर्चापछि आज बिहान निवास बोहराटारमै पुगेर भेट कोइरालाले भेट गरेका हुन् । 

भेटका क्रममा पौडेलले अफवाहको पछि नलाग्न भन्दै जितको शुभकामना दिएका छन् । सभापतिमा शुभेच्छा रहेको पनि पौडेलले बताए ।

उनले कोइरालासँग संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तयार गर्न नसकिएको भन्दै चित्त दुखाएका छन् । 

यसअघि गएराति देउवाको सचिवालयबाट सभापति पदमा पौडेलको समर्थन देउवालाई रहेको भन्ने अफवाह फैलाइएको थियो । जहाँ पौडेलका छोरा चिन्तनको कोड उल्लेख थियो ।

जुन समाचारको चिन्तनले पनि खण्डन गरिसकेका छन् । आइतबार कोइरालाले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ९:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया