नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको हो ।
राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदान रोकिएपछि प्रतिनिधिहरूले हो-हल्ला गरेका छन् ।
निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्ममा १ हजार ४५० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ जनाले मतदान गर्दै छन् । मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।