१० पत्रकार सम्मानित हुँदै
फरकधार / २७ मंसिर, २०७८

युवा तथा खेलकुद मन्त्रालय खेल पत्रकारितामा संलग्न १० पत्रकारलाई सम्मानित गर्ने भएको छ । मंसिर २७ गतेको मन्त्रीस्तरको निर्णयअनुसार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान तर्फ १, पत्रकारिता प्रोत्साहन (समावेशी) तर्फ २ तथा पत्रकारिता प्रोत्साहन (प्रदेशगत)तर्फ ७ पत्रकार सम्मानित हुने भएका हुन् । 



खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानतर्फ कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्य, पत्रकारिता प्रोत्साहन (समावेशी) तर्फ कान्तिपुर दैनिककै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजय नेपाली सम्मानित हुने भएका छन् ।
 
पत्रकारिता प्रोत्साहन (प्रदेशगत) तर्फ प्रदेश १ बाट स्थानीय सन्देश साप्ताहिकका नमीन ढकाल, प्रदेश २ बाट नयाँ पत्रिका दैनिकका वसन्त खतिवडा, प्रदेश ३ बाट कान्तिपुर दैनिकका कुशल तिमल्सिनाले यो सम्मान पाउने भएका छन् । 

त्यस्तै गण्डकी प्रदेशबाट ग्यालेक्सी फोर केकी सोनिता अर्याल, लुम्बिनीबाट रेडियो नमस्तेका दिपक न्यौपाने, कर्णाली प्रदेशबाट गुराँस खबर डटकमका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय समाचार समितिका विनोदसिंह विष्ट पनि यो सम्मानबाट सम्मानित हुने भएका छन् । 





 

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १७:२८:१९,   अन्तिम अपडेट : मंसिर २७, २०७८ साेमबार १७:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया