नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सत्ताबाट शक्ति प्राप्त हुन्छ भन्ने चिन्तन कति बलियो छ भनेर प्रश्न गरेका छन् । जारी १४ औं महाधिवेशनमा शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवारसमेत रहेका भण्डारीले सामाजिक सञ्जालमार्फत देउवातर्फ इंकित गर्दै सो प्रश्न गरेका हुन् ।
सभापतिको मतगणना सकिएपछि देउवालाई अन्य सबै उम्मेदवारले सहयोग गर्ने घोषणा गरेपछि भण्डारीले यस्तो बताएका हुन् । सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै दोस्रो चरणमा सघाउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भण्डारीले भनेका छन्, ‘शक्ति सत्ताबाट प्राप्त हुन्छ भन्ने चिन्तन कति बलियो छ? कसरी ढले ठूला भनिएका खम्बाहरू !’
सभापतिमा शेखर कोइराला र देउवाबीच दोस्रो चरणको निर्वाचन हुँदैछ । जसमा नेताहरुले आ–आफ्नो समर्थनबारे घोषणा गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।