चीनमा पनि देखियो ओमिक्रोन भेरियन्ट

चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो । 

यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ । 

याे भेरियन्ट सर्वप्रथम नाेभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले यस भेरियन्टलाई ओमिक्राेन भनी नामाकरण गरेकाे हाे । अहिले विश्वका विभिन्न देशमा याे भेरियन्ट पुगिसकेकाे छ ।

भेरियन्ट कत्तिकाे डरलाग्दाे छ यस बारेमा अझै पनि अनुसन्धान भइरहेकाे छ । डब्लुएचओले आत्तिन नपर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेकाे छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया