बिरामीको अर्को खुट्टा शल्यक्रिया गर्ने चिकित्सकलाई अदालतले सुनायो जरिवाना

अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दण्ड जरिवाना तोकिएको छ । दायाँ खुट्टाको सट्टा भूलवश बिरामीको बायाँ खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलाई अदालतले २७ सय यूरो जरिवाना सुनाएको हो ।

लिन्जस्थित एक अदालतले चिकित्सकले लापरवाहीपूर्वक एक ४३ वर्षीय बिरामीको सद्दे खुट्टाको शल्यक्रिया गरेर उनलाई थप पीडा दिएको फैसलामा जनाएको छ ।

नियमित रुपमा ब्यान्डेज फेर्न आउने बेलामा नर्सले चिकित्सकले भूलवश विरामीको अर्को खुट्टा शल्यक्रिया गरेको थाहा पाएकी थिइन् । त्यस लगत्तै विरामीलाई अर्को खुट्टाको शल्यक्रिया गर्नुपर्ने जानकारी दिइएको थियो ।

‘दुर्भाग्यपूर्ण परिस्थिति’ का कारण बिरामीको अर्को खुट्टाको शल्यक्रिया हुन पुगेको अस्पतालले जनाएको थियो । सो गम्भीर गल्तीका लागि चिकित्सकका तर्फबाट अस्पतालका निर्देशकले सार्वजनिक रुपमा क्षमा याचना गरेका थिए ।

शल्यक्रिया गर्ने कक्षमा आदेश दिने प्रक्रियामा एउटा त्रुटि देखिएको ती दोषी चिकित्सकले बताएकी थिइन् । बायाँको सट्टा किन दायाँ खुट्टा शल्यक्रिया गरिएको थियो भन्ने सन्र्दभमा उनले भनेकी थिइन्, ‘मलाई त्यसबारे केही थाहा भएन् ।’ सो घटनापछि उनलाई अर्को क्लिनिकमा सरुवा गरिएको थियो ।

अदालतले फैसला सुनाउनुअघि पीडित परिवारलाई अस्पतालले ५ हजार डलर क्षतिपूर्ति दिएको थियो । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ७:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया