मनकामना केबलकार आइतबारबाट चार दिन बन्द हुने

मनकामना केबलकार आगामी आइतबारबाट चार दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै केबल स्तरोन्नतिका लागि पुस ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द हुने जनाएको छ।

अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने कम्पनीले जानकारी गराएको छ । यो अवधिमा रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने यथावत् सञ्चालन हुनेछ। 

कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठका अनुसार केबलकार मर्मत गर्ने समय दुई दिन भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएकाले चार दिन सेवा बन्द रहने भएको हो । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया