logo-img

काठमाडाैंकाे तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौं उपत्यकाको तापक्रम घट्दै गइरहेकाे छ । काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहान उपत्यकाकाे तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएकाे छ।

जुम्लामा भने तापक्रम माइनस ६ डिग्री सेल्सियस मापन भएकाे छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । 

देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ८:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया