ताइवानी जनताले गरे समलैंगिक विवाह ‘अस्वीकार’

काठमाडौं– ताइवानमा समलैंगिक विवाहका सम्बन्धमा भएको जनमत संग्रहले यस्तो विवाहको विपक्षमा परिणाम दिएको छ । २०१७ को मार्चमा उच्च अदालतले समलैंगिक विवाहको वकालत गर्ने युनियनहरूको पक्षमा फैसला दिएपछि त्यहाँ जनमत सर्वेक्षण भएको हो । 

अदालतले संसद्लाई कानुन संशोधन या नयाँ कानुन पास गर्नका लागि दुई वर्षको समय दिएको थियो । 

बिबिसीका अनुसार यो स्पष्ट छैन कि, शनिबारको मतदानले कानुनमा कस्तो प्रभाव पार्छ । सरकारले भने यो जनमत संग्रहले अदालतले खोजेको बदलाब ल्याउनमा असर नगर्ने बताएको थियो ।

रुढीवादी समूहहरूले ताइवानको नागरिक संहितामा एक पुरुष र एक महिलाबीचको विवाहलाई एक युनियनको रूपमा परिभाषित गर्नेे विषयमा कुनै बदलाब हुन नहुने बताएका थिए । जब कि, एलजिबिटिआई (विभिन्न प्रकारका समलिंगी) एक्टिभिस्टहरूले समान विवाह अधिकारको माग गरेका थिए । 

प्रारम्भिक परिणामले देखाएअनुसार रुढीवादी विचारले भारी समर्थन पाएको छ भने समलैंगिक अधिकारकर्मीहरू विफल देखिएका छन् । 

यसबाट बन्दै गरेको समलैंगिकतासम्बन्धी कानुन कमजोर हुन सक्ने अधिकारकर्मीहरूको चिन्ता छ । 



यो जनमतको सम्भावित परिणामबारे ताइवानी मिडियाले बताएका छन्, ‘समलैंगिक जोडीलाई अब कानुनी सुरक्षा मिल्न सक्छ, तर विवाहको अनुमति मिल्नेछैन ।’



  • प्रकाशित मिति : मंसिर ९, २०७५ आइतबार १९:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया