‘बजरंगी भाइजान–२’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । 

निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान–२’ बनाउने घोषणा गरेका हुन् ।

सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । 

‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् । निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटीआर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो ।

कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक के भीलाई धन्यवाद दिएका थिए । 

फिल्म ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउँछ । जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ । 



फिल्ममा हर्षाली मल्होत्रा, करिना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन् । 



  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १३:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया