मंगलबार १ बजे संसद् बैठक, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको दसौँ अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा प्रस्तुत हुने चार कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

मंगलबारको बैठकमा सरकारले एमसिसी टेबुल गराउने तयारी गरेको चर्चा चलेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसिसी परेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौँ अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौँ अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसदले नाराबाजी गरेका थिए ।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार २०:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया