बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रूपमा फैलिएको ओमिक्रोनबाट उनीहरूको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् ।
अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानकारी दिएका छन् ।
पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९१ हजारसम्म संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।
विज्ञहरूले दैनिक संक्रमितको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरूमा फैलिएको छ ।
नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।