बिहे गर्ने तयारीमा अर्जुन र मलाइका

बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीतिर गएको छ । 

अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालै मात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालै मात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन् ।

‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन् । ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् ।

हालै मात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् । मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् ।

सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक घोषणा गरेका थिए ।   





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १२:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया