logo-img

ललितानिवास जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ

ललिता निवास जग्गा प्रकरणमा बिचौलियाको भूमिका निभाएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । सुवेदी दम्पतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति स्वयम्भूबाट पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन रामकुमार बिचौलियाको भूमिकामा रहेको सिआईबीको अनुसन्धानबाट खुलेको छ ।

२०४९, २०६२, २०६६/६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भएपछि सुवेदी दम्पती फरार थियो । 







  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १४:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया