logo-img

‘राउडी राठौर’को सिक्वेल तयारी, अक्षय र सोनाक्षी नै दोहोरिने

बलिउड अभिनेता अक्षय कुमारको हिट फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले यसको पुष्टि गरेका छन् । 

उनी आफैँ यसको सिक्वेल लेखिरहेका छन् । उनका अनुसार सञ्जयलीला भन्सालीले उनलाई सिक्वेल लेख्नका लागि प्रस्ताव गरेका थिए । उनले नै यसको ओरिजिनल तेलुगू फिल्मको कथा लेखेका हुन् । तर सिक्वेलको कथा भने केवल हिन्दी भर्सनलाई मात्र हुनेछ ।

फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिने छन् । 



दुवैको ‘शिवा’ र ‘पारो’ नै नाम हुनेछ, जुन अघिल्लो फिल्ममा थियो । फिल्मको कथा भने अघिल्लो फिल्मको अन्त्यबाट हुने छैन । किनकि सिक्वेलको कथा अलग हुनेछ । फिल्मको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ ।  





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया