क्याट्रिनाले यसै सातादेखि ‘मेरी क्रिसमस’को सुटिङ सुरु गर्ने

क्याट्रिना कैफ र विक्की कौशलले ९ डिसेम्बरमा विवाह गरेका थिए । क्याट्रिनाले विवाहपछि सलमान खानको ‘टाइगर ३’ को सट्टा निर्देशक श्रीराम राघवनको ‘मेरी क्रिसमस’को सुटिङ सुरु गर्ने भएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी यसै सातादेखि ‘मेरी क्रिसमस’ को सुटिङका ​​लागि सेटमा आउने छिन् । मुम्बईको स्टुडियोमा फिल्मको सुटिङ शेड्युल तय गरिएको बताइएको छ । 

क्याट्रिना र विक्कीले नोभेम्बरको अन्त्यमा विवाहका लागि सुटिङबाट ब्रेक लिएका थिए । अब क्याट्रिना आफ्नो व्यावसायिक प्रतिबद्धता पूरा गर्न छिट्टै काममा फर्किने भएकी हुन् । यता, विक्कीले हालै आफ्नो आगामी फिल्म ‘साम बहादुर’ को सुटिङ सुरु गरेका छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १३:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया