logo-img

सेन्ट्रल जोन भलिबल : आयोजक बंगलादेशमाथि नेपालको एकतर्फी जित
फाइल तस्बिर

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । 

ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा शनिबार नेपालले महिलातर्फ आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

नेपालले खेल २५–५,२५–१५ र २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३–२ र दोस्रो खेलमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो । 



यो जितसँगै ३ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको साविक विजेता नेपालले फाइन सम्भावनालाई बलियो बनाएको छ । महिलातर्फ ६ देशको सहभागिता रहेको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

नेपाली पुरुष टोलीले पनि आजै श्रीलंकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।  

नेपाल आज दोस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित नेपाले दोस्रो खेलमा उज्वेकिस्तानमाथि ३–१ सेटको जित हात पारेको थियो ।   





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १०:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया