मनाङ र मछिन्द्रबीचको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एएफसी छनोटको रूपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेल फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् ।

शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै, फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने रेफ्री स्रोतले बताएको छ ।

यसअघि रेफ्री विभागले तुफानकुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलोपटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउँदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए । 

प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ‘ए’ श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरूले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेल नै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो । 

यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ । जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । खेल अपरान्ह ५ बजे हुनेछ । दुवै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ । 

आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ । 





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १२:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया