logo-img

केशवराजको कथासंग्रह ‘अर्को भोर’ सार्वजनिक

अमेरिकामा इञ्जिनियरिङको काम गरिरहेका केशवराज ज्ञवालीको पहिलो कथासंग्रह ‘अर्को भोर’ सार्वजनिक भएको छ । 

साहित्यकार एवं पूर्वसांसद नारायण ढकालले पुस्तक सार्वजनिक गरेका हुन् । उनले विश्वको साहित्यिक नक्सामा नेपाल कतै नदेखिएकाले देखाउने जिम्मेवारी युवा पुस्ताका लेखकमा आएको बताए । 

नेपाली साहित्यलाई विश्व मानचित्रमा चिनाउन स्तरीय कृति अनुवाद हुनुपर्नेमा उनले जोड दिए । विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा साहित्यकार जुन देशमा बसे पनि नेपाली साहित्य र संस्कृतिको सेवा गर्नसक्ने साहित्यकार ढकालको भनाइ थियो ।



समालोचक महेश पौडेलले नेपाली एवं अंग्रेजी साहित्यकै पठनपाठनमा लागेकाले मात्र साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यता गलत सावित हुँदै गएको उल्लेख गर्दै फरक पेसा र व्यवसायका मानिस साहित्यिक क्षेत्रमा आउँदा नयाँ विषय सिर्जनाका रुपमा पाठकसामु प्रस्तुत हुने बताए । ज्ञवालीको कथा ‘एक्वारियम’ लाई आफूले उत्कृष्ट कथाका रुपमा ठहर्याएको उनले सुनाए ।

समालोचक ज्ञानु अधिकारीले कथासंग्रहले कथाको परम्परागत मान्यतालाई तोडेको उल्लेख गर्दै प्रसस्त उपकथा जोडिएको बताइन् । कथासंग्रहमा धेरै कथा अमेरिकाका परिवेशमा लेखिएका छन् । केही कथा भने नेपाल र खाडीमुलुकको सन्दर्भमा पनि लेखिएको उनले जानकारी गराइन् । 

नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको समालोचक अधिकारीले सुनाइन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएको बताइन् । 



कार्यक्रममा लेखक ज्ञवाली र प्रकाशक संस्था शिखा बुक्सका पुष्पराज पौडेललगायतले कथासंग्रह फरक स्वाद र पहिचानका साथ नेपाली कथा क्षेत्रमा आएको जानकारी गराएका थिए । कथासंग्रहमा १४ वटा कथा छन् ।



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १७:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया