हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन् : सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । 

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् । 

आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले  जवाफ दिनुपर्ने बताएका उनले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए।  

महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बाेल्नेक्रम जारी छ । महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १६:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया