कम्युनिस्ट र कांग्रेस नमिली सफल हुन सक्दैनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र कम्युनिस्ट नमिले सफल हुन नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच भएको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

‘०४६ सालको आन्दोलनको बेलामा संगठनको माध्यमबाट हामी स्वतन्त्र ढंगबाट अगाडी बढेका थियौं,’ नेपालले अघि भने, ‘त्यतिबेला कमरेड पुष्पलालले भनेको कुरालाई स्मरण गरेर नेपालमा परिवर्तन गर्नुछ भने परिवर्तनको निम्ति तयार भएका शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्छ । परिवर्तनको चाहना पञ्चायती व्यवस्था र मुक्तिको चाहना हामी कम्युनिस्टको पनि छ र कांग्रेसको पनि छ । दुइटा नमिली सफल हुन सक्दैनौँ ।’

आफूहरूले इतिहास निर्माण गरेको बताउँदै नेपालले भनेका छन्, ‘हामीले इतिहास निर्माण गर्यौं । सकिँदो रहेछ । त्यसको निम्ति विचार ठीक हुनपर्ने रहेछ । मनमा संकल्प छ भने, जस्तोसुकै चुनौतीको सामना गर्न सकिन्छ । चुनौतीको सामना गर्ने आँटले सामर्थ्य पैदा गर्छ’ उनले भने ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १४:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया