श्रीलंकाले पायो एभिसी सेन्ट्रल जोनको पुरुषतर्फको उपाधि

एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि श्रीलंकाले जितेको छ । आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंकाले सो उपाधि जितेको हो । 

मंगलबार ढाकामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गर्यो । 

यसअघि उज्वेकिस्तानले नेपाललाई पराजित गर्दै पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । 

यस्तै मंगलबार नै सम्पन्न महिलातर्फ श्रीलंकाले किर्गिस्तानलाई हराउँदै तेस्रो स्थान हात परेको छ । 

साबिक विजेता नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा हराएर उपाधि रक्षा गरेको थियो । 

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ टोलीको सहभागिता थियो ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया