बलिउड अभिनेता अर्जुन कपुर कोरोना भाइरस संक्रमित भएका छन् । उनी दोस्रो पटक कोरोना संक्रमित भएका हुन् ।
अर्जुनसँगै उनकी बहिनी अंशुला कपूर, सोनम कपूरकी बहिनी रिया कपूर र उनका पति करण बुलानीलाई पनि कोरोना देखिएको छ । रिपोर्ट आउनुभन्दा दुई दिनअघि अर्जुन करिश्मा कपूरको घरमा आयोजित क्रिसमस पार्टीमा सहभागी भएका थिए ।
मलाइका अरोरा पनि प्रेमी अर्जुन कपूरसँग करिश्माको क्रिसमस पार्टीमा पुगेकी थिइन् । करिश्माको घर बाहिर करिश्माले पापाराजीलाई बिनामास्क धेरै पोज दिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।