logo-img

कुञ्ज नाटकघरमा ‘लिलामे माइलो’

काठमाडौं– सामाजिक कथावस्तुमा आधारित लोकनाटक ‘लिलामे माइलो’ यही १४ मंसिरदेखि ७ पुससम्म मञ्चन हुने भएको छ । 

‘लिलामे माइलो अनुसन्धानमा आधारित लोकनाटक हो,’ बुधबार भएको ‘प्रिमियर सो’मा नाटकबारे बोल्दै कुञ्ज नाटकघरका कार्यकारी निर्माता राजाराम गौतमले भने, ‘दर्शकहरुले यो नाटकमा नेपाली ग्रामीण समाजको मौलिकता पाउनेछन् ।’



नेपाली नाट्य क्षेत्रमा लोककथा बोकेका र समाजको वास्तविकतालाई चित्रण गर्ने नाटक थोरै मात्र बन्ने गरेको उनले बताए । नाटकबारे प्रस्ट्याउँदै उनले भने, ‘कुनै पनि जाति–जनजातिको बस्तीमै गएर गहिरो अध्ययन गरेर यसअघि सायदै नाटक बनेका होलान् ।’

लिलामे माइलो मोरङ जिल्लाको लेटाङआसपासको मगर जातिको परिवेसलाई लिएर बनाइएको नाटक हो । 

नाटक निर्माणमा धेरै स्रोत, साधन र मिहिनेत खर्चिएको निर्माण समूहले जनाएको छ । 



नाटक किन यति लामो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भने, ‘हामीले यो नाटकलाई चाहेर पनि छोटो बनाउन सकेनौँ । यो नाटक तुलनात्मक रुपमा अलि लामो भने अवश्य छ । नाटकलाई घटाउने प्रयास गर्दा हामीले चाहेको दिन नसक्ने अवस्था थियो । तर, नाटक लामो भए पनि दर्शकहरु नाटक हेरेर रमाउनेछन् भन्नेमा विश्वस्त छौँ ।’ 



विजय नेपाल, वीरेन्द्र खातिन, निशा पाख्रिन, पुष्प अवस्थी, सलमान गुरुङ, राजन भुजेल लगायताका कलाकारको अभिनय छ । नाटकको लेखन तथा निर्देशन प्रभाकर न्यौपानेले गरेका हुन् । 

नाटक बुधबारबाहेक हरेक दिन दिउँसो ४ः३० बजेदेखि मञ्चन हुनेछ भने सार्वजनिक बिदाको दिन र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ । 

साथै, घरको माइलो र माइली सन्तानले निःशुल्क नाटक हेर्न पाउने निर्माता गौतमले बताए । उनले भने, ‘यसरी डिस्काउन्ट पाउनका लागि जेठो वा जेठी भने साथमा हुनैपर्छ ।’

  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १६:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया