स्थानीय तहमा खेल पूर्वाधार निमार्णका लागि मन्त्रालयको आवेदन माग

युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि आवेदन पेसको माग गरेको हो ।

मन्त्रालयले पहिलो पटक सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक स्थानीय तहले आवेदन पेस गर्नुपर्ने जनाएको छ ।

स्थानीय तहमा खेलकुद पूर्वाधारसम्बन्धि कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा आवेदन पेस गर्न मन्त्रालयले अनुरोध गरेको हाे ।

विगत वर्षमा अनुदान प्राप्त गरी पूर्वाधार निर्माण गरिरहेका स्थानीय तहले भने हालसम्मको प्रगति अनिवार्य विवरण बुझाउनु पर्नेछ ।

सरकारले तीन वर्षअघि प्रत्येक स्थानीय तहमा एक-एक वटा खेलग्रामको पूर्वाधार निर्माणसम्बन्धि कार्यविधि पारित गरेको थियो ।  



पूर्वाधार निर्माणका लागि उपत्यका, पहाड र हिमाली क्षेत्रमा कम्तीमा २५ रोपनी र तराई क्षेत्रमा कम्तीमा २ विगाहा जग्गा भएको हुनुपर्ने व्यवस्था छ ।    



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ११:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया