नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्यलाई नियुक्त गरेको छ । उनी कम्पनीकी नायब प्रबन्ध निर्देशक हुन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्यलाई निमित्त प्रबन्ध निर्देशकको जिममेवारी तोकिएको हो । 

उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । पुस १९ गतेदेखि उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी समालेकी छन् । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा निमित्त प्रबन्ध निर्देशकको जिममेवारी तोकिएको हो । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १८:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया