अमेरिकामा एकैदिन थपिए ५ लाख ५७ हजार संक्रमित, एक लाख ४६ हजार डिस्चार्ज

संयुक्त राज्य अमेरिकामा फेरि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै अमेरिकामा संक्रमण पुन: तीव्र गतिमा फैलिरहेको हो । 

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ५ लाख ५७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८२५ जनाको मृत्यु हुँदा १ लाख ४६ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, गत २४ घण्टामा अमेरिकापछि फ्रान्समा सर्वाधिक बढी संक्रमित भेटिएका छन् । त्यहाँ सो अवधिमा २ लाख ७१ हजार जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, फ्रान्समा पछिल्लो २४ घण्टामा ६५ हजार ४ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा बेलायतमा २ लाख १८ हजार नयाँ संक्रमित थपिँदा ५० हजार जना उपचारपछि निको भएका छन् । 

छिमेकी देश भारतमा गत २४ घण्टामा ५१ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतमा २४ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ७:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया