जाडाे बढेपछि महाेत्तरीमा विद्यालय बन्द

महाेत्तरीमा जाडाे बढ्दै गएपछि विद्यालय बन्द हुन थालेका छन् ।

चिसाेले बालबालिकाकाे स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सूचना जारी गरी स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गरेका हुन्।

साेनमा गाउँपालिकाले साेमबार नै एक साताका लागि विद्यालय बन्द गरेकाे छ । यसैगरी मटिहानी नगरपालिकाले पनि हिजाे सूचना जारी गरी आजदेखि विद्यालय बन्द गरेकाे छ।

दुबै पालिकाले माैसममा सुधार आएलगत्तै पठनपाठन सुरु गर्ने जनाएका छन्।

महाेत्तरीमा चिसाे बढेसँगै विद्यालय जाने विद्यार्थीकाे संख्या घट्दै गइरहेकाे छ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ९:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया