हाल्यान्ड भित्र्याउने दौडमा बार्सिलोना र रियल

फुटबल बजारमा जनवरी ट्रान्फर विन्डो नजिकिँदै गर्दा विभिन्न क्लबले आफ्नो टाेलीमा स्टार खेलाडी भित्र्याउने होडमा देखिएका छन् । यो ट्रान्सफर विन्डोमा सबैभन्दा चर्चामा आएका खेलाडीमध्ये एक हुन्- नर्वेजियन युवास्टार इर्लिङ ब्राउन्ट हालान्ड । 

यी २१ वर्षिय स्टार भित्र्याउन स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडले चासो देखाएका छन् ।

जर्मन क्लब बेरुसिया डर्टमन्डबाट खेलिरहेका हाल्लान्डको विषयलाई लिएर यी चिरपरिचित प्रतिद्वन्द्वीकाे गजबको प्रतिस्पर्धा चलेको छ । दुवै क्लबका अध्यक्ष उनको एजेन्टसँग कुराकानी गर्ने प्रयासमा छन् ।

पछिल्लो समय लय गुमाइरहेको बार्सिलोना टोलीलाई बलियो बनाउने लक्ष्यमा छ । यसकाे लागि प्रशिक्षक जाभी हर्नान्डेजको नजरमा केही खेलाडी छन् र तीमध्ये एक हुन् हालान्ड ।

टोलीलाई थप बलियो बनाउने धुनमा रहेको रियल पनि हालान्डसँगै फ्रेन्च स्टार केलियन एमबाप्पेलाई भित्र्याउने प्रयासमा छ । 

रियल आफ्नो योजनामा सफल हुनका लागि गारेथ बेल, इस्को, मार्सेलोजस्ता खेलाडीलाई बिक्री गर्न चाहन्छ ।   
 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १३:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया