देउवालाई शेखरको प्रश्न - केन्द्रीय सदस्य नियुक्ति मापदण्ड बनाएर गर्नुभएको हो ?

नेपाली कांग्रेस नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा गरेको नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् । बुधबार आफ्नो समूहको समिक्षा बैठकअघि पत्रकार सम्मेलन गर्दै उनले सभापति देउवाले केन्द्रीय समितिमा गरेको नियुक्तिका विषयमा प्रश्न उठाएका हुन् ।

'पार्टीमा केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ । नियुक्त पाउनु भएका सबै साथीहरू सक्षम र योग्य हुनुहुन्छ । तर, के मापदण्ड बनाएर उहाँहरूले यो काम गर्नु भएको हो भन्न प्रश्न हामी जान्न चाहन्छौँ ।'

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको उनको भनाइ छ । नभए कार्यकर्तामा किन नेपाली कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने उनले औँल्याए ।

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने उनले सुनाए । विधि र विधान बाहिर गएर गरिने सबै कुरा बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्न जरुरी रहेको उनले औँल्याए ।

आफ्नो समूहमा पार्टीको निर्णय गर्न ठाउँमा प्रभावकारी भूमिका खेल्ने सक्ने अवस्था संख्याको आधारमा कम भएको उल्लेख गर्दै उनले पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत, विधि र विधान संगत विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गरियोस् भन्न आफूहरूले चाहेको बताए ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १५:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया