logo-img

एकैपटक नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ ?

गृह मन्त्रालयले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार  मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेको हो ।

२६ जना एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख पनि फेरिएका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत वसन्तबहादुर कुँवरले पाएका छन् ।



महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गतको अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ । 

उनको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत विष्णुकुमार केसी सरुवा भएका छन् ।  

सरुवा सूची :





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ७:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया