रानी नाका हुँदै सामान ढुवानीको लाइफ लाइन अवरुद्ध, वैकल्पिक व्यवस्थाको माग

नेपाल-भारत समान ढुवानीको लाइफ लाइन मानिएको मिरगञ्ज पुल भासिएपछि यसको विकल्प खोज्न उद्योगी व्यवसायीले माग गरेका छन् । 

भारतको अररियास्थित फारवेसगञ्जमा रहेको पुल भासिँदा रानी नाका ठप्प भएको छ । रानी नाकाबाट सामान पैठारी र निकासी पुल भासिँदा २ दिनदेखि ठप्प भएको हो । निकासी र पैठारी ठप्प भएपछि यसको विकल्प खोज्न विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन् । 

नेपाल उद्योग परिसंघ प्रदेश १ ले जोगबेनी नाका भएर विराटनगर भन्सारमार्फत हुने निकासी तथा पैठारी हुने मालसामान विगत दुई दिनदेखि बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

फारबीसगञ्जको बीचमा रहेको पुरानो मिरगञ्ज पुल क्षतिग्रस्त भई यातायात मालसामान लिएर आवात–जावत गर्ने ठूला सवारी साधन ठप्प भएका छन् । जसका कारण औद्योगिक करिडोर क्षेत्रका सबै उद्योग कारखाना प्रभावित बन्न पुगेको परिसंघले जनाएको छ ।

सामान समयमै ल्याउन नसक्दा औद्योगिक सामग्री बाटैमा नष्ट हुने अवस्था आइपरेको परिसंघका अध्यक्ष भीम घिमिरेले बताए । 
 
धेरै दिनसम्म सवारीसाधन अलपत्र रहँदा ढुवानी लागत बढ्ने भई उत्पादन मूल्य बढी लाग्ने भएको र कच्चा पदार्थ र केमिकल्सको अभावमा उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्ने परिसंघले जनाएको छ ।

अध्यक्ष घिमिरेले पुल नबनेसम्म औद्योगिक तथा व्यापारिक मालसामान ल्याउन भीमनगर हुँदै सुनसरी भन्सारको बाटोबाट ल्याउन वा अन्य वैकल्पिक व्यवस्था तत्काल गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार २०:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया