logo-img

झम्क तिमल्सिनाकाे उपन्यास ‘अन्धकूप’ सार्वजनिक

कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाकाे उपन्यास ‘अन्धकूप’ सार्वजनिक भएकाे छ ।

शनिबार राजधानीमा आयाेजित कार्यक्रममा  साहित्यकार माया ठकुरीले उपन्यासकाे लाेकार्पण गरेकी हुन् ।

उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ ।



लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रूपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताइन् । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले विगतदेखि नै शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता बैंकिङ क्षेत्रमा काम गर्ने साहित्यकारले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नयाँ धारको उपन्यास लेख्ने आँट लेखकले गरेर पाठकलाई फरक स्वाद दिएको समालोचक महेश पौडेलकाे भनाइ छ ।  



उपन्यास पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेकाे हाे ।



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १२:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया