प्रधानमन्त्री कप क्रिकेट : प्रदेश–२ को पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–२ ले पहिलो जित दर्ता गरेको छ ।  

प्रदेश–२ ले समूह ‘बी’ अन्तर्गत मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पारेको हो ।

११७ रनको विजयी लक्ष्य प्रदेश–२ ले १८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो‍ । 

प्रदेश–२ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रनको योगदान दिए । सन्तोष कार्कीले २३ र हरिकृष्ण झाले १७ रन बनाए । 

गण्डकीका लागि कृष्ण पौडेलले ३, सुवास भण्डारी र विशाल पौडेलले २–२ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
 
यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । 

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान दिए । सन्दीप क्षेत्रीले २७ तथा अनिल गुरुङ र कप्तान विपिन खत्रीले १०–१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 



प्रदेश–२ का लागि मोहम्मद आदिल अलामले २ तथा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै प्रदेश–२ ले दुई खेलमा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रदेश–२ ले पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग २४ रनको पराजय बेहोरेको थियो । 



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया