logo-img

भाजपा मुख्यालयमा कार्यरत ४२ जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को दिल्लीस्थित मुख्यालयमा कार्यरत ४२ जनाभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भएको पाइएको छ । 

भाजपाको कोर ग्रुपको बैठकभन्दा अगाडि सोमबार सामूहिक स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा ४२ जनामा कोरोना संक्रमण भएको पाइएको हो । 

संक्रमित हुनेमा केही सरसफाइमा संलग्न कर्मचारी पनि रहेका छन् । संक्रमित सबैलाई सेल्फ आइसोलेशनमा राखिएको भाजपाले जनाएको छ । 



भारतमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि भाजपाले नयाँ प्रोटोकल जारी गरेको छ । नयाँ प्रोटोकल अनुसार मुख्यालयमा कुनै पनि बैठक बस्नु अघि सहभागी हुने सबैले कोरोना परिक्षण गर्नुपर्ने हुन्छ । 

यसअघि भाजपा प्रमुख जेपी नड्डाले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए । 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १५:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया