सुर्खेतमा लागुऔषधसहित १० जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

जिल्लाकाे वीरेन्द्रनगरपालिका-१० मा रहेकाे बुलबुले भ्यु हाेटलबाट ६३० मिलिग्राम ब्राउन सुगरजस्ताे देखिने खैराे धुलाे पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजासहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जित खड्का, नारायण नगरपालिका-८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका-१ दैलेखका २४ वर्षीय डम्बर खड्का, महावै गाउँपालिका-३ कालीकोटका २२ वर्षीय जीवन सिंह रहेका छन् ।

हाेटलमा लागुऔषधकाे काराेबार भइरहेकाे सूचना पाएपछि प्रहरीले खाेजतलास गरेकाे थियाे। प्रहरीले घटनाकाे बारेमा विस्तृत अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएकाे छ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया