इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारकाे खेलमा घरेलु टाेली लिभरपुलले ब्रेन्टफाेेर्डमाथि ३-० काे सहज जित हात पारेकाे छ ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बर्लिन र ताकुमी मिनामिनोले एक- एक गोल गरे ।
खेलको ४४औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
६९औं मिनेटमा चाम्बरलिनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
७७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुलले ३-० काे सहज जित हात पार्याे ।
यस जितसँगै २१ खेलमा ४५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिँदा ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ ।
लिग अन्तर्गत गए राति नै भएकाे अर्काे खेलमा लिड्स युनाइटेडले वेस्ट ह्याममाथि ३-२ काे राेमाञ्चक जित निकाल्याे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।