निलम्बित पर्यटन बोर्डका सिइओको मुद्दामा सुनुवाइ आज

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट निलम्बित धनञ्जय रेग्मीले दायर गरेको रिटमा अन्तरिम आदेशबारे छलफल हुँदैछ ।

छलफलका लागि सर्वोच्च अदालतले सोमबार रिटमा मुद्दाको विपक्षी उल्लेख भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन बोर्ड सञ्चालक समिति लगायतसँगै मुद्दाको पक्षलाई बोलाएको छ । 

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा छलफल हुने भएको छ । 

१४ पुसमा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने पर्यटन बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बोर्डसँग कारबाहीस्वरूप निलम्बन गर्नुको कारण माग पनि गरेको मागेको थियो र सोमबार अन्तरिम आदेशबारे छलफल गर्न मुद्दाको दुवै पक्षलाई बोलाएको थियो । 

२ पुसमा पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई गलत आचरण देखाएको भन्दै निलम्बन गर्ने निर्णय गरेको थियो । 



विदेशदेखि फर्किदा रेग्मीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । त्यसपछि पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । त्यसका लागि छानबिन समिति नै मन्त्रालयले गठन गरेको थियो । 

समितिको प्रतिवेदनको आधारमा अन्ततः न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड सञ्चालक समिति बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।  



उक्त निर्णय अन्तरिम आदेशमार्फत् खारेजीको माग गर्दै रेग्मी १३ पुसमा सर्वोच्च पुगेको थियो । उनी २०७४ मा अवैध सुन कारोबारीमा मुछिएका पनि थिए ।
 

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १३:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया