बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कोरोना संक्रमण देखिएको छ । सोमबारसम्ममा ३२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हाे ।
कोरोना संक्रमणको लहर तीव्र गतिमा फैलिँदै गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डाक्टर प्रविन नेपालले जानकारी दिएका छन् ।
उनले भने, ‘हालसम्म ३२ जनालाई कोरोना संक्रमण देखिइसकेको छ । अझै थपिने सम्भावना पनि छ । यस्तो भएमा निकट भविष्यमा उपचारमा नै समस्या हुन सक्नेछ ।’
उनका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा ड्युटी रोटेसनमा समस्या भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।