प्रिमियर लिग: ब्राइटनसँग बराबरीमा राेकियाे चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएकाे खेलमा चेल्सी घरेलु टाेली ब्राइटनसँग बराबरीमा राेकिएकाे छ ।

अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे २८औं मिनेटमा हाकिम जियाचले गाेल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

६०औं मिनेट एडम वेवस्टरले ब्राइटनका लागि बराबरी गाेल गरे ।

त्यसपछि कुनै पनि टाेलीबाट गाेल हुन नसक्दा खेल १-१ काे बराबरीमा सकिएकाे हाे ।



याे नतिजासँगै चेल्सी २३ खेलमा ४४ अंकका साथ तेस्रो तथा ब्राइटन २१ खेलमा २९ अंक जाेडेर नवाैं स्थानमा यथावत छन् ।



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ८:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया